Logo

अमेरिकासँग एमसीसी र भारतको नयाँ नक्शाविरुद्ध उत्रियो विप्लव समूह



काठमाडौं, १३ पौष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अमेरिकासँगको एमसीसी सम्झौता र भारतको नयाँ नक्शाविरुद्ध उत्रिएको छ । विप्लव समुहको जनवर्गीय संगठनले आइतबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनका क्रममा दर्जनौं विप्लव समूहका कार्यकर्ता भृकुटीमण्डपबाट पक्राउ परेका छन् । सरकारविरोधी प्रदर्शन गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सरकारद्वारा प्रतिबन्धित नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । सोही क्रममा प्रहरीले नेकपाका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङसहित डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ ।

विप्लव समूहले अमेरिकी सरकारसँगको एमसीसी सहयोग कार्यक्रम, कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग भारतले आफ्नो क्षेत्रमा पारेर नयाँ नक्शा सार्वजनिक गरेको लगायतका विषयमा सरकारको विरोधमा प्रदर्शन गर्ने घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्