Logo

कुकुरको अपहरणमा करोडौ फिरौती मागे



मानिसको बच्चा अपहरण गरी फिरौती मागेको सुनैकै हो । तर, यहाँ कुुकुरलाई अपहरण गरेर १० लाख फिरौती मागेका थिए ।
जाँय ब्रोचेरटको पालेको कुकुर ७ डिसेम्बरबाट हराएको थियो ।
कुकुर हराएपछि उनले निकै खोजी गरेपछि भेटिएको थिएन् । उनले आफ्नो कुकुर भेट्टाउनेलाई तीन लाख ५० हजार रुपियाँ घोषणा गरेका थिए तैपनि, कुकुर भेटिएको थिएन् ।
अचानक एकदिन जाँयलाई फोन आयो । उनको कुकुर पाउनका लागि १३ हजार पाउंड वा लगभग १६ लाख रुपियाँ माग राखेका थिए । पैसा नदिएमा कुकुरलाई फाँसी दिने पनि बताएका थिए ।

घटनाको बारेमा जाँयको परिवारले स्थानीय मिडियालाई जानकारी नदिनु भन्दै फोनमा धम्की दिएका थिए । हालसम्म जाँयको परिवारलाई ती अपहरणकारीले सत्य वा झुट बोलिरहेको भन्ने नै आशंका लागीरहेको बताएका छन् ।

उक्त परिवारले अपहरणकारीलाई सम्झाउन धेरै कोशिश गरेपनि मानिरहेका थिएनन् । कुकुरको फिर्ता ल्याउनको लागी जाँय परिवारले फेसबुक पेज बनाएका छन् । यीनीहरुले अपहरणकारीले मागेको जति पैसा दिन नसक्ने बताइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्