Logo

मदन खरेललाई स्पष्टीकरण सोधियो (पत्रसहित)



काठमाडौं, १३ पुष । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सञ्चालक समितिले स्पष्टिकरण लिएको छ। सञ्चालक समितिको गत शुक्रबारको बैठकले खरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

खरेल नियुक्त भएर आएपछि अहिलेसम्म निगम सुधारको लागि कुनैपनि पहलकदमी नभएको गुनासो छ । योगेश भट्टराई पर्यटनमन्त्री भएर आएपछि पनि खरेलको कामकारबाहीलाई लिएर असन्तुष्टि पोखेका छन् । उनले पनि खरेललाई अन्तिम मौका दिने भन्दै यसअघि नै चेतावनी दिएका थिए । तर, खरेलले आफू सुध्रिने कुनै ठोस छाँटकाँट देखाएनन् ।

सञ्चालक समिति खरेलमाथि रुष्ट बनेको छ । उसले खरेलमाथि साउदी अरबको जिएसए नियुक्तीमा अनावस्यक ढिलासुस्ती गरेको,आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उडान नसकेको,जापानको नारिता उडानका लागि तयारी गर्न समय लिएर मनलाग्दी ओसाका उडान गरेर संस्थालाई आर्थिक नोक्सानी गराएकाजस्ता आरोप लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्