Logo

भ्रमण वर्ष उद्घाटनको तयारी भव्य (भिडियोसहित)



पुष १३, काठमाण्डौ । नेपाल भ्रमण वर्ष सुरु हुन तीन दिन बाँकी छ । उद्घाटनस्थल दशरथ रंगशालामा तयारी भइरहेको छ । उद्घाटनका लागि विभिन्न देशका मन्त्रीहरुदेखि संचारकर्मीहरुको उल्लेख्य सहभागि हुने छ । विश्वभर सकारात्मक सन्देश दिनका लागि गरिने विभिन्न कार्यक्रमको तयारीलाई तीब्र पारिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि सरकारले पहिलो दिन अर्थात जनवरी एकमा भव्य कार्यक्रम गर्दैछ । वर्षभरीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले उद्घाटनको दिन विश्वभर सकारात्मक सन्देश दिन चाहन्छ । त्यसैका लागि अहिले उद्घाटन स्थल दशरथ रंगशालामा विभिन्न कार्यक्रम तथा प्रस्तुतिका लागि तयारी भइहरको छ । उद्घाटनमा सांस्कृतिक कार्यक्रम, गित संगित, ¥याली, परेड, झाँकी आदि देखाइने छ ।

उदघाटनका दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीहरु, सांसदहरुलगायत विभिन्न संघसंस्थाका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहने छ । १५ हजार दर्शक क्षमताको रंगशालामा गरिने उद्घाटन कार्यक्रमलाई भव्य र सभ्य बनाउने तयारी भइरहेको नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक विश्वम्भर घिमिरेले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा ७ वटा देशका पर्यटन मन्त्रीको पनि उपस्थित रहने छ । ५० भन्दा बढी विदेशि संचारमाध्यमका पत्रकारहरु पनि आउने नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्यले जानकारी दिए ।

हाल वार्षिक करिब १२ लाख पर्यटक आइरहेका छन् । विदेशी पर्यटक भित्र्याउने एकमात्रै हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । सन् २०१८ मा हवाईमार्गबाट ९ लाख ६९ हजार र स्थलमार्गबाट दुई लाख ३ हजार गरी कुल ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिएका छन् । यो संख्यालाई नेपाल भ्रमण वर्षमा २० लाख पुर्याउनुपर्ने छ । तर यसका लागि सरकारले अन्य तयारी भने प्रभावकारी गर्न नसकेको आरोप लाग्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्