Logo

एन्फा अध्यक्षलाई आफ्नो टिम रेलिगेसनमा पर्ला भन्ने देखियो



गणेश थापा: बिना रेलिगेसनको लिग सुरु गर्नु, एन्फाका अध्यक्ष लगायतले आफ्नो टिम रेलिगेसनमा पर्ला भनेर यो वर्ष एउटा टिम मात्र झार्ने, लिग सुरु हुनुभन्दा एक हप्ता अगाडिसम्म प्रायोजक को ठेगान नहुनु, पुरस्कारको रकम ठेगान नहुनु, पाँच वर्षअगाडि राखेको पुरस्कारको रकममा वृद्धि नहुनु मात्र होइन कि त्यसमा घटाउने, खेलाडी र क्लबको बिचमा एक वर्षको सम्झौता नहुनु, विगत पाँच वर्षदेखि नयाँ स्टार खेलाडी हरु उत्पादन नहुनु, ठूलाठूला होटेलहरुमा पार्टी गरेर 25 लाख को जाड रक्सीमा खर्च गर्ने , हिजो खेलाडीहरुले पाउँदै आएका पुरस्कारको रकम कटौती गर्ने, football का fans क्लबहरुलाई सही तरिकाले प्रयोग नगर्नु, लिग सुरु हुनुभन्दा अगाडि लिग खेल्ने क्लबहरु को बिचमा नकआउट फुटबल सुरु नहुनु, हिजो सुरु भइसकेको राष्ट्रिय लिग फुटबल प्रतियोगिता को मिति अहिलेसम्म पनि तय नहुनु जस्ता कुराहरु हुँदापनि कसैबाट पनि यसको विरोध नहुनुको कारणले गर्दा पनि जे गरे पनि हुन्छ भन्ने एन्फालाई लाग्न थाल्यो।

5 बर्ष अगाडी भएको शहीद स्मारक लिग हेरेका दर्शकहरुलाई सोहीअनुसारको बा त्योभन्दा बढी आश गर्नु स्वाभाविकै हो। यस विषयमा मैले केही जिम्मेवार व्यक्तिलाई गत वर्ष जब बिना रेलिगेसनको लिग सुरु गरियो त्यसैबेला मैले भनेको थिएँ नेपालको लिग समाप्त भयो। आज आएर हामीहरुले खेल्दाको league २०३५,३६ सालको जस्तो 500 देखि एक हजारसम्म दर्शक आएको जस्तो लिग हुन थाल्यो। अन्तमा अहिले नेपाली राष्ट्रिय टिमले विगत केही वर्षदेखि पाएको सफलता सम्पूर्ण खेलाडिहरु 5 वर्षभन्दा अगाडि तयार गरिएको खेलाडीहरुले पाएको सफलतालाई वर्तमान ANFA कार्यसमितिले यसको जस लिने कुनै नैतिक अधिकार छैन।

U15 ,U17 र U19 मा भएको प्रतियोगिताको असफलताले nepali football कता जाँदै छ भन्ने कुरा प्रष्टै छ। त्यस्तो कुनै कार्य पाँच वर्षको बीचमा भएको छैन जुन कार्यलाई भित्री मनैबाट धन्यवाद दिनसकु। जबकि पाँच वर्षअगाडि को बजेट भन्दा fifa तथा AFC ले दसौं गुणा बढाएको छ। मेरो विचारमा यी सबै हुनुको पछाडि football को चिन्ता र मायाको कमी हो भन्ने मेरो निष्कर्ष हो। यी सबैका कारणहरुले गर्दा यसको सोझो असर लिगमा पर्न गएको हो। गर्ने यस्ता कार्यहरु ani दर्शकहरु आएन भनेर फुटबल हेर्न उपहार राखेर दर्शक ल्याउँछु भन्ने सोच त्याग्नु पर्दछ भन्ने मेरो सुझाव हो। दर्शक तान्न को निमित्त राम्रो फुटबल देखाएर नै तान्नु पर्दछ। (थापाको फेसबुक पेजबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot