Logo

सानो होशियारी, ठूलो जोखिमबाट बचाउँछ



काठमाडौँ, १४ पुस । सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ ।

बालाजुकी एक गृहिणी रुजा आचार्यले तरकारी पकाउन प्रेसरकुकरमा तेल हाले । त्यही समयमा श्रीमानको फोन आएपछि उनले त्यसैमा व्यस्त थिए । भान्छामा त तेल डढेर आगो बल्न थालिसकेछ । हतारहतार आगो निभाउन कपडाले हाने, तर आफूतिर नै आयो, त्यही समय घरमा पालेको कुकुरले नतानेको भए त्यहाँ जे पनि हुन सक्थ्यो । आचार्य भने, “आगो लाग्दा केही वस्तुले हानेर आगो निभाउन खोज्नु गल्ती रहेछ । पछि ग्यासको रेगुलेटरको स्विच बन्द गरेँ । आगो निभ्यो तर नयाँ प्रेसरकुकर डढेर कालो बन्यो । सामान्य कुरामा ध्यान नदिँदा झन्डै ठूलो दुर्घटना भयो ।” यस्तै अर्को घटना बसुन्धराकी गृहिणी सुशीला पन्तले व्यहोर्नु प¥यो । उनले दूध तताउँदै बच्चालाई पढाउन थालेकी थिइ । भान्छाको काम बिर्सिएछ, त्यसैबेला दूध उम्लेर भाँडा पूरै कालो भइसकेको थियो । उनका अनुसार, “हतारहतार पानी छ्यापँे तर ग्यास भने निभाउन भुलेछु । ग्यास चुलो पानीले निभेका कारण पत्तो नै भएन । सानो छोराले ग्यासको रेगुलेटर बन्द गरेर सबै झ्यालढोका खोलेपछि ग्यासको गन्ध अलि हरायो ।”
यस्ता घटना त उदाहरण मात्रै हुन् । यस प्रकारका घटना दैनिकजस्तो हरेक घरमा भई नै रहेको पाइन्छ । धर्मपथस्थित जुद्ध वारुणयन्त्रका इन्चार्ज लीलाराज गाच्छाले भान्छामा हुने सानो घटनाका कारण नै ठूलो हुने बताए । ग्यास लिकेज तथा बिजुली सर्ट भएर नै बढी आगो लाग्ने गर्छ । सानो हुँदा नै सामान्य सुरक्षा अपनाउन सकेको खण्डमा धेरै धनजनको क्षतिबाट रोकथाम हुन्छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्