Logo

‘काल्पनिक कुराले निजगढमा अवरोध’



काठमाडौँ, १४ पुस । वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारे । उनले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताए ।

विकासको काम गर्दा केही विनाश हुन्छ, उनले भने, अति कम वातावरणीय क्षतिसहित निजगढ बनाउनुपर्छ भन्नेमा सरकार सचेत छ । वातावरण संरक्षणमा सरकार निकै गम्भीर रहेको पनि उनले स्पष्ट पारे । जलवायु परिवर्तनबारे विश्वकै ध्यान आकर्षित गर्ने कालापत्थर बैठकदेखि गैँडाको जिरो पोचिङको अवस्थासम्म पु¥याउने काम सरकारकै कारण भएको हो, उनले भने । निजगढमा विमानस्थल निर्माण गर्दा त्यसबाट हुनसक्ने क्षतिपूर्ति गर्न वैकल्पिक व्यवस्था गरेर मात्र अगाडि बढिने पनि उनले बताए। निजगढमा विमानस्थल बनाउनका लागि छुट्याइएको एक हजार नौ सय हेक्टर क्षेत्रफलमा कटानी हुने रुखका बारेमा वन मन्त्रालयसँग छलफल गरेर अगाडि बढिने पनि उनले बताए। रुख कटानीसम्बन्धी प्रस्ताव अहिले मन्त्रिपरिषद्अन्तर्गतको समितिमा छलफलमा रहेकाले त्यसबाट आउने निष्कर्षबाटै निर्माण सुरु हुने उनले जानकारी दिए ।

तर अहिले भनेजस्तो २४ लाख नै रुख काट्ने भन्ने चाहिँ होइन, उनले भने, त्योभन्दा न्यूनतम रुख काटेर तोकिएको क्षेत्रमा विमानस्थल बन्छ ।’ टर्कीमा विश्वकै ठूलो विमानस्थल बनाउँदा पनि लाखौँ रुख काट्नुपरेको उदाहरण दिँदै नेपालमा भने यसबारे अनेक अफवाह फैलाइएको उनको चासो थियो । चीनमा विश्वकै ठूलो जलविद्युत् परियोजना बनाउँदा पनि वातावरणीय क्षति भयो तर त्यहाँ यसरी कुरा आएन, उनले भने । विकास र विनाशसँगै हुने भएकाले त्यसको क्षति न्यूनीकरणमा सरकारले ध्यान पु¥याउने उनले बताए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्