Logo

तस्करीविरुद्ध मुद्दा



काठमाडौं, पुस १४ । राजस्व अनुसन्धान विभागले मासुजन्य पदार्थ चोरीपैठारी गर्ने सात जना विरुद्ध मुद्दा दायर गरेको छ। सीआर ट्रेडिंगका फर्म प्रोप्राइटर रिंकी चौधरी साहको नाममा दर्ता रहेको फर्ममा मुख्य कारोबार गर्ने दिनेश रायसमेत सात जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

सी आर ट्रेडिंगका प्रोप्राइटर रिंकी चौधरी तथा उक्त फर्मको मुख्य कारोबारी दिनेश राय, भारतीय ट्रकका कर्मचारी तौसिप, भन्सार एजेन्ट प्रतिनिधि नारायणकुमार श्रेष्ठ तथा सर्लाही भन्सार कार्यालयका नायब सुब्बाद्वय पुरुषोत्तम देवकोटा र गणेश चौधरी तथा भन्सार अधिकृत राजेशकुमार दत्त छन्।

यस्तै नागार्जुन–१० स्थायी घर भएका दीप ज्योती ग्रुप एन्ड फुड प्रोडक्टस कम्पनी प्रालिका सञ्चालक बासुदेव मरहठ्ठा समेत १० जनालाई फ्रेन्च फ्राइजसमेतका सामान भन्सार चोरी पैठारी गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

राजस्व चुहावट गरेको अभियोगमा उनीहरूलाई ३१ लाख ८९ हजार तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मका सञ्चालक ४ जनालाई २२ लाख ३९ हजार विगो कायम गरी मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।

यसरी दिप ज्योती ग्रुप एन्ड फुड प्रोडक्टस कम्पनीका सञ्चालक बासुदेव मरहठ्ठा, विष्णुशरण दाहाल, आजिल जोशी, अरविन्दकुमार रिमाल, ट्रक चालकभारतीय नागरिक चन्द्रविरसिंह,भन्सार ऐजेन्ट प्रतिनिधिनारायण कुमार श्रेष्ठ, दिनेश राय तथासर्लाही भन्सार कार्यालयका नायब सुब्बाद्वय पुरुषोत्तम देवकोटा र गणेश चौधरी तथा भन्सार अधिकृत राजेशकुमार दत्त विरुद्ध मुद्दा परेको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्