Logo

र्‍याफ्टिङ, बञ्जी, क्यानोनिङ र खानामा भारी छुट



काठमाडौँ, १४ पुस । स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै ¥याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ रु यदि, चाहानुहुन्छ भने भारी छुटमा यी सबैको एकमुष्ट स्वाद लिने अवसर छ।

नेपाल भ्रमण वर्ष–२०२० का अवसरमा होटल व्यवसायीले आफूहरुले दिँदै आएको सबै सेवामा ३० प्रतिशत छुट दिने घोषणा गरेका हुन्। जनवरी १ देखि पहिलो एक सातासम्म होटल, लज र रेस्टुराका सेवामा छुट दिने घोषणा व्यवसायीले गरेको भ्रमण वर्ष जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए। ‘व्यवसायीको घोषणालाई स्वीकार गर्दै समितिको बैठकबाट समेत ३० प्रतिशत छुटको निर्णय गरेका छौं,’ जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका उनले भने। उनका अनुसार भ्रमण वर्षको पहिलो साता सुनकोसी र भोटेकोसी नदीमा सञ्चालित ¥याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेल, खानाका परिकार, बास र होटलका अन्य सुविधामा पर्यटकले छुट पाउने छन्।

भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटक भित्र्याउन व्यवसायीले छुटको प्याकेज ल्याएका हुन्। आन्तरिक तथा बाह्य पर्यटकले छुटको सुविधा पाउने प्रमुख तामाङले जानकारी दिए। (याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेलका लागि सिन्धुपाल्चोक प्रख्यात छ। साहसिक खेल खेल्न वार्षिक हजारौं विदेशी पर्यटक आउँछन्। अरनिको राजमार्गको सुकुटेदेखि तातोपानीसम्म खुलेका दर्जनभन्दा बढी रिसोर्टले (याफ्टिङ खेलाउँछन्। पछिल्लो समय (याफ्टिङ र बञ्जीजम्पमा स्वदेशी युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्