Logo

तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत



काठमाडौं, पुस १४ । लगानीबोर्डको बैठकले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ४२औं बैठकले मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनाको ११ अर्ब ७७ करोड र माथिल्लो त्रिशूली ३ बी को ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ।

बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाको छ्याङकुटी–दिदीङ प्रवेशमार्गमा रहेको मुआब्जासम्बन्धी अध्ययन गर्न गठित छानबिन समितिमा प्राविधिकसमेत थप गरेर पुनर्गठन गरी दुई महिनाभित्र प्रतिवेदन माग गर्ने निर्णय गरेको छ।
यसका अतिरिक्त कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश ३ को बनेपा, चितवन र सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश १ को उर्लाबारी, प्रदेश २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकार र संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण प्रक्रिया अघि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस्