Logo

शेरबहादुरजीसँग कुनै सम्झौता गर्दिनँ -डा. सशांक कोइराला



काठमाडौं, १५ पौष । भावी सभापतिका मुख्य दाबेदार हुन् । उनले वर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीभित्र कडा चुनौती दिन थालेका छन् । काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र सशांक कोइरालासँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
सभापतिले महाधिवेशनको मिति तोकिसक्नुभयो, त्यसमा तपार्इंंहरुको सहभागिता रहन्छ कि रहँदैन ?
मिति त तोक्नुभयो, त्योभन्दा पहिला उहाँले परामर्श गर्नुपथ्र्यो । समयमै महाधिवेशन होस् भन्ने त हाम्रो पनि चाहना छ नि । तर, उहाँले एकलौटी गर्न खोज्नुभएको त्यो दूर्भाग्य हो ।
तपाईंहरुकै चाहनाअनुसार महाधिवेशनको मिति तोकिएको होइन र ?
उहाँले हामीसँग परामर्श किन गर्नुभएन ? हामीले पनि त्यही मिति नै भन्थ्यौं होला । सबैको सहमतिमा तोकिनुप¥यो नि । यसले शेरबहादुरजी एलौटी ढंगले अगाडि जान चाहनुहुन्छ । म पार्टी एक भएर सबैको सहमतिमा मिति तोकिनुपर्छ भन्न चाहन्छु । हामी आफ्नो पार्टीभित्र सामुहिक निर्णय पनि गर्न नसक्ने मेलमिलाप भनेको के हो ?
सभापति त रामचन्द्र निवासमै जानुभएको थियो नि सहमतिको लागि ?
सबैभन्दा पहिला कमिटि पनि बनेको थियो । त्यो कमिटीबाट वार्ता चलिरहेको थियो । वार्ता नसकिइकन शेरबहादुरजीले एकलौटी ढंगले मिति तोकिदिनुभयो ।
सभापतिले महोधिवेशनको मिति तोकेपछि विवाद भयो, अब के गर्दा सहमति हुन्छ ?
हाम्रो विमति कार्यतालिका दिएकोमा होइन । हाम्रो विमति त यतिमात्रै हो, उहाँले हामीसँग कन्सल्ट किन गर्नुभएन ? त्यसको विरोध हो ।
कार्यतालिकामा तपाईंहरुको विमति होइन ?
हामी सबै मिलेर त्यही मिति तय गरेको भए के बिग्रिन्थ्यो र ? शेरबहादुरजीले किन सहमति गर्न चाहनुभएन ? त्यसैमा शंका उत्पन्न हुन्छ ।
तपाईंहरुले सभापतिले निर्णय सच्याउनुपर्छ भन्नुभएको छ, उहाँले सच्याउनुभएन भने के गर्नुहुन्छ ?
उहाँले सच्याउनु नै भएन भने हाम्रो के विकल्प रहन्छ र । महाधिवेशनमा त जानैपर्छ नि ।
महाघिवेशनमा जाँदा तपाईंहरुलाई घाटा हुँदैन, शेरबहादुर देउवासँग त पकड छ नि ?
कांग्रेसमा उहाँसँग मात्रै पकड छ, हामीसँगै छैन ? हामीसँग पनि पकड छ नि । यो घटनापछि अब हामी देशभरका साथीहरुसँग परामर्श गर्छौ । अब कसरी जाने भनेर । हामीले निर्णय गर्दा सबैतिरका साथीहरुको चित्त बुझ्ने गरी सामुहिक निर्णय गर्दछौं ।
तीनवटा निर्णय भएको छ, महाधिवेशन, विभाग वृद्धि र तरुण दलको म्याद थप तपाईंहरुको विमति के मा हो ?
यही निर्णय गर्नुपर्ने भए सहमतिमा गर्नुपर्ने थियो । दोस्रो तपाईंले भन्नुभयो, २८ बाट ४७ विभाग बनाउनभयो त्यो पनि सहमतिमा आउन सक्थ्यो । अहिले विभाग किन बनाउनु त्यसले एक वर्षमा केही ठोस निर्णय गर्न सक्छ । यी सबै बहाना पार्टीलाई आफ्नो कब्जामा ल्याउने रणनीति मात्रै हो ।
विभाग गठन त कांग्रेसको विधान छ नि छैन र ?  
सभापतिले पाउनुहुन्छ । पहिलो ६ महिनाभित्रै उहाँले विभागहरु गठन गर्नुपथ्र्यो । यत्रो चार वर्ष किन गर्नुभएन, अन्त्यमा आएर फेरि किन गठन गर्नुभयो ? अहिले विभाग बनाएर पार्टीलाई के उपलब्धि खाली मान्छे चोर्नलाई मात्रै हो । हाम्रोतर्पmको मान्छे पनि चोरेर उहाँले बनाइदिनुहुन्छ ।
त्यसोभए शेरबहादुर देउवा कांग्रेस कब्जा गर्ने रणनीतिमा हुनुहुन्छ ?
हो, उहाँ त्यही रणनीतिमा हुनुहुन्छ ।
आउने महाधिवेशनमा उहाँलाई रोक्न सक्नुहुन्छ तपाईंहरुले ?
अब हाम्रो परामर्श देशभरिका साथीहरुसँग हुन्छ । पूर्वदेखि पश्चिमसम्मका साथीहरुको परामर्श लिन्छांै । उनीहरुको राय, सुझाव र सल्लाह लिएर रणनीति बनाउँछौं । अब १५ महिना बाँही छ त्यो समयमा हामी गाउँगाउँमा गएर माहोल सिर्जना गर्छौं ।
शेरबहादुर देउवा त जसरी फेरि सभापति बन्ने दाउमा हुनुहुन्छ नि तपाईंहरुबीचमा पनि एकता छैन ?
हाम्रो गुटमा सबैको एउटै धारणा के छ भने, ‘अब शेरबहादुरजीबाट पार्टी चल्दैन त्यो जोगाउन हामी एक ठाउँमा उभिनुपर्छ, यति त छ ।’ हाम्रो गुटबाट एकजना मात्रै क्यान्डिनेट दियौं भने त शेरबहादुरजी हार्नुहुन्छ ।
एउटा मात्रै क्यान्डिनेट दिन यो गुट तयार छ ?
यो धेरै गम्भीर विषय छ, यसमा हामी एक हुनुहुपर्छ । यति पनि बुझ्दैनन् नेताहरुले भने पार्टीभित्र गम्भीर खतरा उत्पन्न हुन्छ ।
तपार्इंले लथालिंग भएको कांग्रेसलाई एक बनाउन सक्नुहुन्छ ?
कांग्रेसलाई एक बनाउने सबैभन्दा ठूलो भूमिका सभापतिको हुन्छ । त्यसैले सभापति नै परिवर्तन गरेर पार्टी एक बनाउनुपर्छ ।
त्यसोभए शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस एक हुँदैन ?
हुँदैन ।
उहाँको पालामा संगठन ध्वस्त भयो हो ?
हो, हामीले पार्टीलाई एक बनाएको खण्डमा पार्टी र देश दुवैलाई राम्रो हुन्छ । तपाईंहरुले नै भनिरहनुभएको छ, ‘प्रतिपक्षको भूमिका छैन’ भनेर किन भने हामी एक ठाउँमा उभिएका छैनौं । अहिले सदनमा हाम्रो स्वार कमजोर छ, त्यसलाई बलियो बनाउन देशभरबाट जिताएर ल्याउनुप¥यो । त्यसको लागि सभापति परिवर्तन गरेर बलियो बनाउनुप¥यो । सभापति परिवर्तन नहुँदासम्म न हामीमा एकता हुन्छ, न उभो लाग्छौं ।
अहिले पनि शेरबहादुर देउवाकै कुरा पार्टीमा लागू भएको छ , उहाँले एकलौटी निर्णय गर्नुभयो अनि कसरी हुन्छ ?
त्यसैले त शेरबहादुरजी असफल हुनुभयो । उहाँ एउटा गुटमा मात्रै सभापति हुनुभयो, सम्पूर्ण कांग्रेसको सभापति हुनुप¥यो । महाधिवेशनपछि पनि कांग्रेस एक जुट भएर हिड्नु्प¥यो । त्यो भएको खण्डमा हाम्रो बहुमत पनि आउँछ, सरकार पनि बन्छ ।
सभापतिले जति प्रयास गर्दा पनि तपाईंहरुले त बैठक वहिष्कार गर्नुभयो नि ?
शेरबहादुरजीको एउटै मात्र उद्देश्य हो पार्टी कब्जा गर्ने । उहाँले जतिसुकै आग्रह गर्नुहोस्, जहाँ–जहाँ बोलाउनुहोस् उहाँको मनसाय ‘पार्टी म क्याप्चर गरेर जान्छु’ तसर्थ त्यहाँ हामी गएनौं । किन उहाँले हाम्रा कुराहरु सुन्नै चाहनुहुन्न ।
केन्द्रीय कमिटिमा गएर आफ्ना कुृरा राख्दा राम्रो हुन्थ्यो होला नि ?
केन्द्रीय समितिमा उहाँको बहुमत छ ।
तपाईंले महामन्त्री भएर आफ्ना कुरा राखेर सभापतिलाई किन कन्भिन्स गर्न सक्नुभएन ?
उहाँ हाम्रा कुरा नै सुन्न चाहनु हुन्न । खाली एकलौटी ढंगले जानुहुन्छ । उहाँले आफ्नो गुटलाई एकलौटी राख्नुभएको छ । उहाँहरुकै कुरा सुनेर निर्र्णय गर्नुहुन्छ ।
शेरबहादुर देउवालाई नेतृत्वबाट विस्थापित गर्ने फर्मुला के ?
गाउँ–गाउँमा गएर साथीहरुसँग भेटेर राय, सुझाव लिएपछि फर्मुला आउँछ । सबैको राय सुनेर कांग्रेसलाई एक बनाउँछौं अरु विकल्प छैन ।
कार्यतालिकामा तपाईहरुको बिमति छैन हो ?
कार्यतालिका बनाउनुपथ्र्यो बनाउनुभयो । विमति त के मा हो भने खाली केमा हो भने उहाँले हामीसँग कुनै सल्लाह नै गर्नुभएन ।
तपाईंहरुले महाधिवेधनको कार्यतालिका दिनुस् भनेको होइन ?
भनेको हो । तर, उहाँले त्यो गर्दागर्दै पनि हामीसँग किन परामर्श लिनुभएन त्यसमा बिमति हो ।
सभापतिले बहुमतको आधारमा निर्णय गर्न पाउनुहुन्न कांग्रेसमा ?
गरित रहनुभएको छ नि । बुहमतकै आधारमा त सबै निर्णय गरिरहनुभएको छ । नेपाली कांगे्रसमा २८ विभाग थियो, अहिले ४७ वटा बनाउनुभयो, त्यो पनि उहाँले बहुमतकै आधारमा बनाउनुभएको छ ।
तपाईंहरुले नै सहमति दिनुभएको होइन विभाग गठनको लागि ?
हामीले त महाधिवेशन भएको ६ महिनाभित्रै गरिसक्नुपर्छ भनेका थियौं नि ।
त्यो बेलामा तपाईंले असहयोग गर्नुभयो रे नि त्यतिबेला ?
मैंले शेरबहादुरजीको विरुद्धमा कहिल्यै बोलेको थिइनँ किन भने म हेर्न चाहन्थे, पार्टी एकता भएको । मैले अहिलेसम्म पार्टीको एकताको प्रयास गरेको छु, त्यो एकता हुनैपर्छ । नेपाली कांग्रेसको भविष्य त्यहीं एकतामा छ । मैंले शेरबहादुरजीको विरोध गरेको होइन । अहिले मलाई लागेको छ, ‘अब शेरबहादुरजीले पार्टी एकता गर्न सक्नुहुन्न ।’ त्यो नभई चुनाव जित्दैन । त्यसैले उहाँलाई हटाउन जरुरी छ ।
शेरबहादुर देउवाको विपक्षमा खडा हुनुभयो हो ?
हो ।
उहाँसँग अब सम्झौता गर्नुहुन्न ?
म गर्दिन ।
कोइराला परिवारले गर्ने हो कि ?
अब भोलिको भविष्य त भन्न सकिन्न । उहाँ हाम्रा कुरै सुन्न चाहनुहुन्न भने कसरी सम्झौता हुन्छ । उहाँ सभापति भएकाले सम्झौका लागि हाउ उहाँले नै बढाउनुपर्छ ।
सभापतिले त रामचन्द्र पौडेल र सशांक कोइरालाले सहयोग गर्नुभएन भन्ने गुनासो छ नि ?
यदि उहाँले त्यसो भन्नुभएको छ भने त्यो गलत हो । मैले उहाँलाई कहिल्यै असयोग गरेको छैन । हामीले गर्दा उहाँको कुन निर्णय रोकिएको छ ?
तपाईंहरुले भागबन्डा खोजेर विभाग गठन हुन नसकेको रे नि ?
होइन, त्यसमा हामीले भागबन्डा खोजेको छैन । हामीले त खाली विधान बिपरीत नजानुसे मात्रै भनेका हौं । हामीले विधान बनाउँदा २८ वटा विभाग बनाइएको थियो । अहिले कार्यकाल सकिने बेलामा ४७ बनाउनुहुन्छ । त्यसको के औचित्य छ ?
विभाग बढ्दा त कांग्रेसका कार्यकर्ता जिम्मेवारी पाउने भएन नि ?
त्यो त राम्रो पक्ष हो । तर, उहाँले यो चार वर्षपछि बनाउँदै हुनुहुन्छ । यो अधिवेशनलाई लक्षित गरेर बनाइएको हो, त्यहाँ आफ्ना पक्षका मान्छेहरु राख्नलाई ।
तरुण दलमा समय थपेकोमा विमति छ कि छैन ?
त्यो पनि म फेरि दोहो¥याएर बन्दै छु । उहाँले हामीसँग पनि परामर्श गर्नुपथ्र्यो । हामीलाई थाहै नदिई एकलौटी बहुमतको आधारमा गर्नुभयो, त्यसको खिलापमा उत्रिएका हौं ।
नेविसंघमा नेतृत्व देउवाले लिनुपर्छ भन्ने समहत हुनुहुन्छ ?
उहाँ सभापति हो, लिन खोज्नुहोला । तर, मेरो भनाइ के हो भने ३२ वर्ष मुनिको हुनुप¥यो । उहाँले राजीवको नाम लिनुभएको छ । उहाँ हामी सबैको सभापति बन्नुप¥यो एउटा गुटको मात्रै सभापति बनेर भएन ।



प्रतिक्रिया दिनुहोस्