Logo

कांग्रेस सहमहामन्त्री महत सर्वोच्च अदालतप्रति असन्तुष्ट, कारण यस्तो छ



काठमाडौं, १४ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्टमन्त्री डा. प्रकाशशरण महतले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पहिले नेपालका बिमानस्थललाई ब्यबस्थित बनाउनुपर्ने बताएका छन्।

सोमबार राजधानीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले यस्तो धारणा अघि सारेका हुन् । उनले सरकारलाई बिमानस्थलको अवस्थाबारे बुझेर त्यसको स्तरोन्नति गर्नतिर लाग्नपनि आग्रह गरे।

उनले विमानस्थलको अवस्था निकै दयनीय भएको र बिमानस्थल प्रयोग गरेर आउने पर्यटकले घन्टौं आकाशमै जाममा बस्नुपर्ने भएकाले यो समस्यालाई समाधान गर्नलाई निजगढ बिमानस्थलको निर्माणलाई तिब्रता दिनुपर्नेमा जोड दिए। उनले सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा रोकेकोमा असन्तुष्टि समेत जनाए।



प्रतिक्रिया दिनुहोस्