Logo

कांग्रेसमा देउवाबिरुद्ध मोर्चा बनाउँदै असन्तुष्ट



काठमाडौं, पुस १५ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकलौटी ढंगबाट पार्टीको १४ औं महाधिवेशनको मिति घोषणसहितका निर्णय सच्याउन आग्रह गरेका छन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले एकलौटी ढंगबाट गरेको निर्णयप्रति असन्तुष्ट नेता पौडेललाई भेट्न सोमबार उनकै निवास पुगेका उपसभापति विमलेन्द्र निधिलाई बिनापरार्मश एकलौटी ढंगबाट गरिएको निर्णय सच्याएपछि मात्र सहमतिका लागि छलफलमा बस्नसक्ने बताएका हुन्।

पार्टी्भित्र विश्वासको संकट बढ्दै गएको जनाउँदै नेता पौडेलले सहमतिका लागि भइरहेको प्रयास बीचमै छाडेर केन्द्रीय समितिबाट अनाय निर्णय गरेकोप्रति असन्तुष्टि जनाएका थिए। व्यक्तिगत र गुटगत स्वार्थका लागि पार्टीलाई संकटमा नपार्न आग्रह गर्दै पौडेलले निधिलाई भनेका थिए, ‘यो तरिका ठिक भएन। निर्णय सच्याउनुस्।’

पार्टी विधानलाई आफुखुसी संशोधन र निलम्बन गरेको धारणा राख्दै थानीले उपसभापतिलाई निधिलाई भनेका थिए, ‘विधान संशोधन गर्दा पनि अर्को पक्षलाई सोध्नुपर्दैन रु कांग्रेसको विगतको परम्परा यही हो त ?’

पौडेललाई भेटर उपसभापति निधिले सहमतिबाट अघि बढ्नुपर्ने धारणा राख्दै राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभाका सभामुखको निर्वाचनका विषयमा भइरहेका छलफलको जानकारी गराएका थिए। उक्त विषयमा पार्टीले निर्णय लिनुपर्ने भन्दै उपसभापति निधिले पार्टी्भित्र देखिएको विवाद समाधानका लागि फेरि पहल थालेका छन्। निधिसँगको छलफलपछि नेता पौडेलसहित असन्तुष्ट पक्ष आगामी रणनीति बनाउन छलफलमा जुटेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्