Logo

कुकुर धपाउन समितिको निर्देशन



काठमाडौँ, १५ पुस । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको काठमाडौं दुग्ध वितरण आयोजनाको कारखाना क्षेत्रबाट तुरुन्त कुकुरहरू हटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ ।

समितिले कृषि तथा पशुसम्बन्धी विविध विषयमा सोमबार जानकारी लिन बोलाएको बैठकमा उपस्थित मन्त्री, सचिव, महानिर्देशक र दुग्ध विकास संस्थानका अधिकारीहरूलाई उक्त निर्देशन दिएको हो । बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल, कृषि सचिव प्रकाश माथेमा, उद्योग वाणिज्य सचिव वैकुण्ठ अर्याल, पशु सेवा विभागका महानिर्देशक वंशी शर्मा, संस्थानका निमित्त प्रमुख राजेन्द्रप्रसाद अधिकारीलगायत सहभागी थिए ।

दुग्ध वितरण कारखाना परिसरमा कुकुरहरू र फोहोरमैला फेला पारेपछि समितिको बैठकले कुकुरहरू हटाउन निर्देशन दिएको हो । ‘तपाईं मन्त्री–कर्मचारीले अहिलेसम्म कुनै प्रतिबद्धता पनि गर्न सक्नुभएन । दूध कारखाना जस्तो ठाउँमा कुकुर नियन्त्रण गर्न पनि नसक्नु लाचारीपन हो,’ समिति सभापति विमलकुमार श्रीवास्तवले भने, ‘दुग्ध विकास संस्थानको जवाफ चित्तबुझ्दो भएन । तुरुन्त कुकुरहरू धपाउने र सरसफाइ राख्ने काम गर्नुस् ।’ समितिले दुग्ध वितरण आयोजनाका पुराना संरचनालाई मर्मत सम्भार गर्न पनि निर्देशन दिएको छ । सांसदहरूले वर्षौंदेखि बालाजुस्थित दुग्ध वितरण आयोजनामा छाडा कुकुरको समस्या रहे पनि धपाउन किन पहल गरिएन भनेर प्रश्न गरेका थिए । डीडीसीका निमित्त प्रमुख अधिकारीले दुई जना कर्मचारी राखेर धपाउँदा पनि बालाजु औद्योगिक क्षेत्रबाट कुकुर धपाउन नसकेको बताए । ‘गाडी भित्र बाहिर गर्दा गेटबाट पसिहाल्छन्,’ अधिकारीले भने, ‘सशस्त्र र अरू निकायमा भन्दा पनि धपाउन सकिएको छैन ।’

विभागका महानिर्देशक शर्माले आफूहरूलाई लिखित जानकारी नआएको भन्दै संस्थानलाई कुकुर नियन्त्रण समस्याका बारे लेखेर पठाउन भने । ‘कुकुरलाई ट्रयाप पासो र बार बन्देज गरेर रोक्न सकिन्छ,’ उनले संस्थानलाई भने, ‘समस्या लेखेर पठाउनुस् । हामी यो यो गर्नुस् भनेपछि त्यहाँ कुकुर जाँदैनन् ।’ संस्थानका निमित्त प्रमुख अधिकारीले मुख्य गरेर आयोजनाभित्र दूधका ट्यांकर आयोजना हातामा पस्ने बेला र राति ट्रक निस्कने बेला गेटबाट कुकुरहरू छिर्ने गरेको कान्तिपुरलाई बताए । ‘कुकुरलाई मार्न, पिट्न, खुट्टा भाँच्न भएन, उठाएर लगेपछि छाडेर आउने ठाउँ छैन,’ उनले भने, ‘दुई जना गार्ड त कुकुर धपाउनै राखेका छौं । तैपनि दिनमा ३०र३५ वटा भित्र छिरिहाल्छन् ।’

गेट खोल्दा ढुकेर बसेका कुकुर गाडीमुनिबाट छिरेर भित्र बस्ने गरेको उनले सुनाए । आयोजनामा दैनिक करिब ४० ट्रक र २०र३० वटा ट्यांकर आउजाउ गर्छन् । ‘यो दुग्ध वितरण आयोजनाको मात्र नभएर बालाजु औद्योगिक क्षेत्रकै समस्या हो,’ उनले भने, ‘म भोलि ९मंगलबार० नै पशु सेवा विभागमा पत्राचार गरिहाल्छु ।’ दुग्ध वितरण आयोजनाको अनुगमनमा गएकी सांसद दुर्गाकुमारी विकले कारखानाभित्रको सरसफाइ राम्रै भए पनि संरचना पुराना र सरसफाइको कमी पाइएको बताइन् । ‘त्यत्रो कर्मचारी भएको ठाउँको ट्वाइलेट बाथरुममा एउटा साबुन पनि भेटिएन, हात नधोई कसरी काम गर्छन् रु’ उनले भनिन् । समितिको टोलीले तिहारअघि आयोजनाको निरीक्षण गर्दा नै कुकुरदेखि सरसफाइका समस्या तत्काल हल गर्न सम्बन्धित अधिकारीलाई भनेको थियो । पशु चिकित्सक डा। शरदसिंह यादवले कुकुरको मलमूत्रबाट विशेषगरी ‘टेप वर्म’ ९फिते कीरा० सर्न सक्ने बताए । त्यसबाट सतर्क हुनुपर्ने सुझाव छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्