Logo

सहकारीको पनि तीन लाखसम्म बचत सुरक्षण हुने



काठमाडौं, पुस १५ । बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्टै बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरी सुरक्षण कार्यक्रम सञ्चालन गर्न खोजिएको हो ।

हाल सञ्चालनमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थालाई मात्र सेवा दिइरहेको छ । कोषले बैंकमा रहेको तीन लाख रुपैयाँसम्म निक्षेपका साथै बैंकहरुको साना तथा मझौलाका साथै लघु कर्जाको सुरक्षण गर्दै आएको छ । सहकारीमा जोखिम बढेसँगै साना बचतकर्तालाई सुरक्षित गर्न सरकारले सहकारी ऐनमार्फत बैंकमा जस्तै सुरक्षणको अवधारणा ल्याएको हो । कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्