Logo

नेपाली रत्न तथा आभूषणलाई विश्वबजारमा पुर्याउन मेला



काठमाडौँ, १५ पुस : नेपाल रत्न तथा आभूषण सङ्घले नेपाली गरगहनालाई विश्वबजारमा प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २५ देखि २७ गतेसम्म राजधानीमा तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गर्ने भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त महोत्सवमा नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिने सङ्घका अध्यक्ष जोत्स्ना श्रेष्ठले बताए ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर उनले रत्न तथा आभूषण व्यवसायीहरुबीच ऐक्यबद्धता स्थापित गराई व्यवसाय सञ्चालनका साथै रोजगारीका अवसर सिर्जना र राजश्व योगदानमा सङ्घले सघाइरहेको जानकारी दिए ।

मेलामा देशका ४० वटा कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गर्ने जानकारी दिँदै उनले १० हजारभन्दा बढीले त्यसको अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्