Logo

डसनाको मुनि लुकाएको करोडौ रकम बरामद



कालो धनले सबै देशमा समस्या दिइरहेको छ । मानिसहरु आफ्नो कालो धन लुकाउनको लागी नयाँ नयाँ तरिका खोजिरहेको हु्न्छ । हाल एक व्यक्तिको घरको ओछ्यान मुनिबाट करोडौ रुपियाँ भेटिएको छ ।

उनले नोटको बन्डल ओछ्यानको मुनि राखेका थिए । यति धेरै पैसा सामान्य तरिकाले घरमा राखेको आश्र्चय लाग्दो थियो ।
घटना ब्राजिलको हो । प्रहरीले अनुसन्धान क्रममा उक्त रकम भेटेको थियो ।

प्रहरीले छापा मारेपछि फोटो जारी गरेको थियो । ब्राजीलको २८ वर्षिया क्लेबर रेने रिजेरियो पैसा लुकाएको आरोपमा पक्राउ परेका छन् । यी व्यक्तिको डसनामुनिबाट करोडौ डलरको राशी प्रहरीले बरामद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्