दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी अख्तियारको फन्दामा


काठमाडौं, १५ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ । घुस लिएको अभियोगमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उपसचिव रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न घुस लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकोमा पक्राउ गरी थप अनुसन्धान गरिने अख्तियाले जनाएको छ ।