Logo

मन्त्रीसँग मुखमुखै



काठमाडौं, पुस १६ । ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईँ बिर्सिँदै हुनुहुन्छ ’ तर, जवाफ आयो,‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ । के गर्नुपर्छ मैले पनि जान्याछु ।’

बहिर्गमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर हतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ । रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएका हुन् । राजेश्वर रघुवीरका विश्वासपत्र । उनलाई विस्थापित गरेर गएका नेम्वाङले रघुवीरको डिजाइनमा असहयोग गरेको आरोप लगाएका थिए ।

वसन्तले प्रशासन महासाखा प्रमुखसमेत रहेका राजेश्वरसँग असहयोग गर्नुका कारण सोधेपछि हो, मन्त्रीसँग मुखमुखै लागेको । रघुवीर सिञ्चाइमन्त्री हुँदा निजी सचिव रहेका राजेश्वर भौतिकमन्त्री भएपछि पनि महासेठसँगै पछि लागेर मन्त्रालय चलाए । त्यतिबेला मन्त्रीको निजी सचिवभन्दा पनि कमिसन एजेन्टका रुपमा बढी परिचित रहेको आजको जनआस्था साप्ताहिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्