Logo

यस्तो छ ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन तयारी



काठमाडौं, पुस १६ । बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२०को आज उद्घाटन हुँदैछ । उद्घाटन समारोह राजधानीको दशरथ रंगशालासहित सातै प्रदेशबाट भव्य रुपमा गर्ने तयारी पूरा भएको भ्रमण बर्ष सचिवालयले जानकारी गराएको छ। नेपालबाहिर भने जनवरी ७मा उद्घाटन हुने छ । उद्घाटन समारोहमा चार मुलुकका पर्यटनमन्त्रीसहित १८ मुलुकका पत्रकार र सात देशको प्रतिनिधित्व हुने जनाइएको छ । कार्यक्रममा जमैका, म्यानमार, भारत, चीन,कम्बोडिया, युएई, भुटान लगायत देशका प्रतिनिधि सहभागी हुदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन रहनेछ । भ्रमण बर्षको प्रचार प्रसारलाई जोड दिएको दाबी गर्दे आएको सरकारले उद्घाटन समारोहलाई आकर्षक बनाउन ६ करोड रुपैयाँ  खर्च गर्ने जनाइएको छ ।उक्त समारोहमा सबैलाई उत्साहपूर्वक सहभागी हुन समेत सरकारले आग्रह गरेको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारलाई देशको समृद्विको आधारसँग जोडेर हेरिएको छ। ‘भ्रमण वर्षसफल बनाउन एक सयभन्दा बढी संघ–संस्थाले सहमति जनाएका छन् भने सरकारी, गैरसरकारी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय क्षेत्रमार्फत २० लाख पर्यटक नेपाल ल्याउने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा नेपालस्थित विदेशी कूटनीतिज्ञ, सरकारी, निजी क्षेत्रका प्रतिनिधि, उच्चपदस्थ व्यक्तिसहित, सञ्चारकर्मी, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहने छ।

विश्वभरका पर्यटकलाई नेपाल सुरक्षित र पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त रहेको जानकारी दिन तथा नेपाल लगानीको लागि समेत उपयुक्त मुलुक रहेको जानकारी गराउन सरकारले नेपाल भ्रमण बर्षबाट अपेक्षा राखेको छ ।

सरकारको २० लाख पर्यटक भित्र्याउन खोजेर कुल ग्रास्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउन २०२० लाई प्रस्थान बिन्दुको रुपमा लिएर अबको १० वर्षलाई भ्रमण दशकको रुपमा जोड दिन सरकार तयार रहेको देखिन्छ ।

भ्रमण बर्षका राष्ट्रिय संयोजक सुरज बैद्यले उद्घाटन हालै सम्पन्न दक्षिण एसियाली खेलकुद सागको भन्दा भव्य हुने जानकारी गराएका छनु । उद्घाटन समारोहमा सहभागिताको लागि विभिन्न प्रकारको पासको व्यवस्था गरिएको छ । उद्घाटनमा सांगीतिक कार्यक्रमसहित विभिन्न प्रस्तुतिहरु राखिएका छन् । ख्यातिप्रात्प कलाकारको प्रस्तुतिसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सांस्कृतिक संस्थानले समेत सांगितिक प्रस्तुति दिनेछ । उद्घाटन कार्यक्रममा मार्चपास, विविध सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुनुपर्नेछ। मार्चपास तथा ¥यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ। तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह आज दिउँसो ३ बजे शुरु हुनेछ।

भ्रमण वर्षलाई भव्य बनाउने सन्दर्भमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई अहोरात्र खटिएका छन्। भ्रमण वर्षकै सन्दर्भमा पछिल्ला दिनमा मन्त्री भट्टराईले १०० भन्दाबढी सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरी अभियानलाई सफल पार्न सक्रियता जनाइदिन आग्रह गरेका छन्।
नेपाल टेलिभिजनले उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्दे छ ।



प्रतिक्रिया दिनुहोस्