Logo

ओली-मोदी टेलिफोन संवाद, मोदीलाई नेपाल भ्रमणको आग्रह



काठमाडौं, १६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुराकानी भएको छ । आज विहान साँढे दश बजे दुई देशबीचको सम्बन्धलाई नयाा उचाईमा पुर्याउनेबारे संवाद भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । मोदीले स्वास्थ्य राम्रो होस् भनी शुभेच्छा प्रकट गरेका थिए । जवाफमा ओलीले धन्यवाद दिदै मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका थिए ।

दुवै नेताले नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए । दुई देशबीचका समस्याहरु समाधान गर्दै लानेबारे समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए । पछिल्लो समय भारतले कालापानीलाई आफ्नो नयाँ नक्शामा राखेपछि नेपाल कुटनीतिक माध्यमले विषय उठाउँदै आएको छ । यस्तो परिप्रेक्ष्यमा ओली र मोदीबीचको टेलिफोन संवाद अर्थपूर्ण मानिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्