न्युयोर्क, पुस १७ । गायक जस्टिन बिबरले सामाजिक सञ्जाल युट्युबमा डकुमेन्ट्री सिरिज सार्वजनिक गर्ने भएका छन्। सो युट्युब डकुमेन्ट्री सिरिजमा उनको नयाँ एल्मबको तयारी र व्यक्तिगत जीवनका विभिन्न पाटो समावेश हुनेछन्। करिअरको सुरूवातमा युट्युबबाट चर्चा कमाएका उनी फेरि सोही प्लेटफर्ममा फर्किएका हुन्।
युट्युबका अनुसार जनवरी २७ देखि ‘जस्टिन बिबर: सिजन्स’ प्रसारण हुनेछन्। १० एपिसोडको सो डकुमेन्ट्री सिरिजमा गायक बिबरसँग उनको नयाँ एल्बमको विभिन्न गतिविधिलाई पछ्याइनेछ।
सन् २०१५ मा गायक बिबरको पहिलो एल्बमका गीतहरू रेकर्ड गर्नेक्रममा युट्युबले उनलाई पछ्याएको थियो। सन् २००९ मा उनले पहिलो गीत रेकर्ड गर्नुअघि युट्युबमार्फत विभिन्न कभर गीतहरू तयार गर्दै पोस्ट गरेका थिए।
‘सांगीतिक करिअरको सुरूवाती दिनमा युट्युबको प्लेटफर्ममार्फत मैले आफ्नो संगीत र विभिन्न अनुभव साट्ने मौका पाएको थिएँ,’उनले भने,‘युट्युबको डकुमेन्ट्री सिरिजसँग साझेदारी गर्नु पाउँदा खुसी लागेको छ। मेरा फ्यानहरू यस यात्रामा सहभागी भएको हेर्न चाहन्छु।’एजेन्सी




प्रतिक्रिया