Logo

‘सूर्यवंशी’ मा कैटरिना र अक्षय



मुम्बई,पुस १७ । रोहित सेट्टीको आगामी फिल्म ‘सूर्यवंशी’ मा एक पटक फेरि अक्षय कुमार र कैटरिना कैफको सानदार केमिस्ट्री देखिने भएको छ। दुवैलाई सूर्यवंशीमा हेर्न उनीहरूका फ्यान अतुर छन्।

यो फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिका निर्वाह गर्दै छन्। कैटरिनाको भूमिकाको पर्दा पनि खुलेको छ। नेहा धुपियाको सोमा फिल्मका निर्देशक रोहितले कैटरिनाको भूमिका सार्वजनिक गरे। यो फिल्ममा कैटरिना डाक्टरको भूमिकामा देखिने छिन्।

रोहितले भने, ‘फिल्मको स्क्रिप्टिङको पहिलो दिनदेखि रिलिज हुँदासम्म म कुनै पनि बेला जे पनि परिवर्तन गर्न सक्छु। त्यसैले पूरै टिम कुनै पनि परिस्थितिका लागि तयार रहन्छन्।’ सूर्यवंशी रोहितको कोप सिरिजको चौथो फिल्म हुनेछ। यसअघि उनले सिंघम, सिंघम(२ र सिम्बा बनाइसकेका छन्।

अक्षय कुमार रोहितको कोप सिरिजमा काम गर्ने तेस्रो कलाकार हुन्। रोहित, करण जोहर, अक्षय र शिवासिस सरकार मिलेर यो फिल्म निर्माण गर्दैछन्। सूर्यवंशीमा अक्षय, कैटरिनाको साथमा निकेतन धीर, गुलसन ग्रोवर र अभिमन्यु सिंह पनि देखिनेछन्। यो फिल्म २७ मार्च २०२० मा रिलिज हुनेछ।



प्रतिक्रिया दिनुहोस्