Logo

उपत्यकामा बादल, हिमालमा हिमपात र पश्चिम र मध्यतिर वर्षाको सम्भावना



काठमाडौं, १७ पौष । काठमाडौं उपत्यकामा बिहिबार विहान देखि बादल लागेको छ । घाम राम्ररी नलाग्दा चीसो बढेको छ ।
उपत्यकाका पहाड नजिकैका अधिकांश क्षेत्रमा केही दिनयता बाक्लो तुसारो परेपनि आज फरक मौसम रह्यो । बादल लाग्नाले तुसारो देखिएन । तर, चीसो भने निरन्तर रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । पश्चिम तथा मध्यका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।-Photo: mfd



प्रतिक्रिया दिनुहोस्