Logo

कांग्रेस नेतृत्वलाई खबरदारी !



भरत कार्की : नेपाली कांग्रेसभित्र गुटबन्दी राजनीतिको फोहोरी खेलहरु चरम सीमामा पुगिसक्यो । नेपाली कांग्रेसका बरिष्ठ नेताहरुको क्रियाकलापहरुले गर्दा पार्टी पंक्तिमा साह«ै असहज परिरहेको छ । नेपाली कांग्रेसका समस्त जनसमूदायहरुको चाहना हो नेतृत्वको परिवर्तन नभएर हालै भएको स्थानीय, प्रान्तीय र संघीय तीनै तहको चुनावको नतिजा नै ठूलो प्रमाण हो । हाम्रो पार्टी नेपाली कांग्रेस ईतिहाकै पहिलो पार्टी हो । देशलाई अप्ठेरो पर्दा मेलमिलापको नीति अविलम्ब गर्दै राष्ट्र बचाएर राष्ट्र र नेपाली जनताको स्वतन्त्र प्रजातन्त्रको स्थापना गर्दै, नेपाली जनताको रक्षा गर्दै यहाँसम्म सुनौला अक्षरले लेखिएको देशव्यापी विश्वव्यापी इृतिहास बनाएको पार्टी आज आन्तरिक खिचातानीमा अल्झिएर पार्टीको भोट ब्यांकको रुपमा रहेको तल्लो तहसम्म नैराश्यताको भाइरसहरुले सताएको छ ।

खबरदार नेपाली कांग्रेसका वरिष्ठ नेताज्यूहरु, हजुरहरुको अहमता पद लोलुप्ताको स्वार्थी खेलमा हामी समग्र नेपाली कांग्रेस पार्टी प्रेमी, जनता, कार्यकर्ता गाउँ/गाउँ वस्ती–वस्तीबाट उठ्न नपरोस् । हाम्रो नेपाली कांग्रेसका अग्रज जननायक बि.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, लौहपुरुष गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायत अनगिन्ति जनताहरुको त्याग र बलिदानले हजारौं शहिदहरुको पसिना र रगतको बलिदानबाट सिंचित लाखौैं जनताको अभिमतले पाएको प्रजातन्त्र लोकतन्त्रको अधिकार कुल्चिएर आफ्नो शक्ति केन्द्र बनाउन खोज्नेहरुलाई छाड्ने छैनौं ।

नेपाली कांग्रेसहरु मेलमिलापको सिद्धान्तलाई कहिल्यैपनि त्याग्दैनन् । किनकी मेलमिलापबिना कुनै प्राणी बाँच्न सक्दैन । जैविक विविधतताको मुल सार रस नै मेलमिलाप हो । त्यसैले नेपाली कांग्रेसका वरिष्ठ, बृद्ध बृद्धाहरु पार्टीको संरक्षक बनेर पार्टीलाई सही गन्तव्यमा अवतरण गराई इतिहासको पानामा सुनौला अक्षर लेखियोस् । हामी कांग्रेसप्रेमी समग्र कार्यकर्ताहरु साथै जनसमूदायहरुमा देश विकासको लहर उत्साहरुपी उर्जा दिन सक्नुहोस् हाम्रा अग्रज पार्टीका वरिष्ठ नेताज्यूहरुले ।

हाम्रो अग्रजहरुमा अनुरोध साथै सुझावहरु पनि । नेताज्यूहरु पार्टीका दलाली विचौलियाहरुको सिकार नबन्नुहोला । गुटबन्दी राजनीतिको जड सुत्र विचौलिया कुरौटे नारदहरुले लगाएका कुराहरुले पार्टी हाइकमाण्डमा ठूलो भूमिका खेलिरहेको प्रष्ट देखिन्छ । व्यक्तिगत स्वार्थको लागि पार्टी हितका लागि छैन । पार्टीलाई भोट दिने ग्रामीण वस्तीका मतदाताहरु धेरै पर राखेर ति धेरै जनताको रोग र सोक शिक्षा, स्वास्थ्य रोजगारीको कुरा नभई विचौलियाहरुको कुरामा मात्र नेताहरु लागि परेको हामी देखिरहेका छौं । दुःखी गरीव कार्यकर्ताहरु हस्पिटलमा उपचार गर्न नसकेर नेताकहाँ जाँदा भोलिपर्सि भनेर हप्काइन्छ, घन्टौं कुराइन्छ । आफू भन्दा पछि आउने सुकिला मुकिला बिचौलिया दलालहरुको भेटघाट गराएर पठाउँछन्, पिएहरुले । पार्टीबाट पाउने भिआइपी सेवा र सुविधाहरु पार्टी प्रेमी ग्रामीण वस्तीका जनसमुदायहरुले पाउन नसकेको बिचौलियाहरु गुटबन्दी राजनीति गर्ने दलालीहरुले खोसिदिएको अवस्था छ ।

पार्टीको वरिष्ठज्यूहरु जिल्ला अथवा सभामा भाग लिंदा पनि जनतासंग बोलचाल दोहोरो सम्वाद चियापान खानपिन पनि हुँदैन । ठुला बडा सुकिला मुकिलाहरुका घरमा उनीहरुसंग खानपिन हुन्छ । गरीवको गाउ टोल घरमा चुनावमा हात जोरेकै भरमा मत दिइहरेका छन् । नेपाली कांग्रेस पार्टीलाई कल्पवृक्ष सितल छहारी पाउने आशा र भरोसामा यो जनताको दृढ विश्वास छ । नेताहरु देशप्रति जनताहरुको चिन्तन र मनन् नगरी शक्तिको होडबाजीमा मात्र ठूलो रकम अमूल्य समय खेर फाल्न र विचौलिया दलालीहरुको काम गरिरहेका छन् । नेपाली कांग्रेस हाइकमाण्डका नेताज्यूहरु यो दुःखद कुरा हो । कमजोर नसम्झनु होला, जनता जनार्दनहरुलाई ।

सुनामी छाल बनेर उत्रन बाध्य अवस्थामा नपु¥याउन सबै कांग्रेस पंक्तिहरुले मेलमिलापबाटै सबै खाले समस्याहरुको हल हुन्छ । हाम्रा अग्रजहरु पनि मेलमिलापकै वातावरण नै देश र जनतासँगै प्रकृतिका प्राणीहरुको सन्तुलन हुन पुग्छ । जैविक विविधतताको सिद्धान्त नै मेलमिलापको सार तत्व हो । हाम्रा सम्माननीय जननायक विश्व नेता वी.पी. कोइरालाज्यूको नेतृत्वमा भएको अग्रजहरुले मेलमिलापकै वातावरणसँगै प्रवासबाट आफ्नो देश नेपालमा पार्टीको जन्म विधिवत भएको हो । हामी सबै देश र जनता प्रेमी लोकतान्त्रिक प्रजातन्त्रवादी नेपाली कांग्रेस पार्टी हौं । विशाल गौरवमय इतिहास लेखिसकेको इतिहास छ ।

यो इतिहासलाई सुनौला अक्षरले लेख्न आवश्यक छ । यो पुस्तालाई आफू जिउँदै भएर संरक्षक भएर यूवा नेतृत्वलाई अघि सार्ने र पार्टीलाई देश र जनताको उच्च सेवामा लाग्न मार्ग प्रशस्त्र बनाई ढोका खोलिदिन नेपाली कांग्रेस पार्टी केन्द्रीय कमिटिज्यू, महासमितिका समितिज्यूहरुको सत मार्ग सत कार्य बन्न पुगोस् ।

नेपाली कांग्रेस पार्टी पंक्तिहरु सबै तह र तप्कामा रहनु भएको पदाधिकारीहरु सबै कार्यकर्ता र सम्पूर्ण कांग्रेसप्रेमी जनताहरुले विवेकपूर्ण तर्क सहित नेताज्यूहरुमा भेटघाट हुँदा प्रष्ट सँग भन्नु होला । मेलमिलापबाटै समस्या हल हुन्छ । मात्र हजूरहरुले संरक्षक भएर युवा पुस्तालाई पार्टी हाइकमाण्ड हस्तान्तरण गरी सत मार्गहरुलाई खुला गर्ने देश र जनताको लागि चिन्तन मनन् गर्दै सल्लाह सुभाव दिन र संरक्षक बस्न भनेर भन्न अति जरुरी छ ।

नेपाली कांग्रेस— को संस्थापन, को तान्त्रिक- सबै कांग्रेस एक हौं । सबै कांग्रेस एक ठाउँमा उभिन देश र जनताको रक्षक भएर मेलमिलाप गर्दै विकासको लहर ल्याउन, हामी देश र जनता प्रेमी नेता कार्यकर्ताहरुमा नम्र अनुरोध गर्दछौं । जय नेपाल !

(लेखक देवचुली न.पा. ४, शान्तीडाँडा, नवलपुरका स्थायी वासिन्दा हुन् ।)



प्रतिक्रिया दिनुहोस्