Logo

प्रदेश राजधानी हेटौंडा कुनै हालतमा नमान्ने अष्टलक्ष्मीको त्यो चेतावनी



काठमाडौं, १७ पौष । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही नेताहरुलाई बोलाउन लगाए । ती मध्ये प्रदेश ३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल थिए ।

उनीहरुले सचिवालयले प्रदेश ३ को राजधानी र नामका विषयमा गरेको निर्णय कार्यान्वयनका लागि निर्देशन दिन डाकेका थिए । तर, नेकपा सचिवालय बैठकको निर्णय नमान्ने भन्दै अष्टलक्ष्मी शाक्यले चुनौती नै दिइन् । विगतमा आफूले चित्त नबुझ्दा पनि पार्टीको निर्णय मानेको तर अहिलेको निर्णय मान्न नसकिने प्रष्ट पारिन् । शाक्यले यसपटक कुनै हालतमा निर्णय मान्न नसकिने स्पष्ट पारिन् ।

हेटौंडा राजधानी राख्नुको रणनीति अर्थ रहेको ब्रिफिङ गरेपनि अष्टलक्ष्मी शाक्य मान्न तयार भइनन् । उनले नेताहरुको हुकुमी शैली भएको प्रतिक्रिया दिइन् । यसले पार्टीलाई राम्रो नगर्ने चेतावनी समेत दिइन् । –महिमा साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्