Logo

आठ वर्ष देखि मृत मालिकको पर्खाइमा यो कुकुर



कुकुर बफादार हुन्छ । मालिकसँग एक पटक संगै बसेपछि मालिकले बिर्सिएपनि कुकुरले भने बिर्सने रहेनछ भन्ने प्रमाण ब्राजीलमा भेटिएको छ । कारडोसो अस्पतालको बाहिर एउटा कालो रंगको कुकुर पछिल्लो आठ महिना देखि आफ्नो मालिकको पर्खाइमा बसेको छ ।

उसको मालिकको उक्त अस्पतालमा गम्भीर रोगको कारण आठ महिना पहिला मृत्यु भएको थियो । तर वफादार कुकुर भने अस्पतालको बाहिर आफ्नो मालिक बाहिर आउने पर्खाइमा बसिरहेको छ । उनका मालिक विरामी भएर एम्बुलेन्समा ल्याइदै गर्दा त्यो कुकुरले दौडिएर आइपुगेको थिए ।

मालिकलाई उपचारको लागि भित्र लगेर कुकुरलाई बाहिर राखिदिएपछि आठ महिनासम्म बाहिर नै बसेको छ । भित्रबाट बाहिर कोहि बिरामी निस्कदा आफ्नै मालिक सम्झेर उतै तिर दौडने गरेको छ । यो कुकुरको वफादारी देखेर अस्पतालका कर्मचारीहरुले माया गरी रेखदेख गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot