कालापानीबारे नेपालबाट औपचारिक धारणा जानकारीमा नआएको भारतीय भनाई


काठमाडौं, १७ पौष । भारतले नेपाली पक्षबाट कालापानीबारे औपचारिक धारणा नपाएको खुलाएको छ । बिहिबार विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेपाली पक्षबारे कालापानीबारे कुनै औपचारिक धारणा नआएको बताएका हुन् ।

‘मैंले यसबारे कुनै औपचारिक प्रतिवद्धता सुनेको छैन,’ रविश कुमारले भने । उनले यस मामलामा नेपाली पक्षले औपचारिक कुराकानीका लागि कुनै प्रस्ताव नगरेको पनि बताए । उनले भने, ‘कुनै किसिमको सीमा समस्या भए त्यसको समाधान वार्ताबाट गरिन्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच कालापानीबारे कुराकानी भए नभएको कुनै जानकारी नभएको बताए । नयाँ वर्षमा शुभकामना आदानप्रदानका लागि उक्त संवाद भएको बताए । छिमेक प्रथमको भावना अनुसार सबै छिमेकीसँग संवाद भएको उनको भनाई थियो ।

भारतले सार्वभौम नक्शा सार्वजनिक गरेको र त्यसमा कुनै नयाँ विषय नभएको बताए । भारतको पुरानै धारणा स्पष्ट पार्दै कालापानीसहितको भूभाग नक्शामा समेटिएकोलाई नयाँ विषय नभएको बताए ।