Logo

गाँजा सहित पक्राउ



काठमाडौं, १७ पुस । प्रहरीले गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ । बारा, निजगढ नगरपालिका सहिद चोकबाट गाँजा करिब १० किलो सहित महोतरी बस्ने ३० वर्षीया ममता कार्की समेत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना ५ ख ६६१९ नम्बरको बस जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो।

पर्सा, वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट भारत पूर्वी चम्पारन मोतिहारी जयसिनपुर १२ बिशुनपुर्वा बस्ने ५० वर्षीय राजेश महतोलाई अवैध लागूऔषध गाँजा करिब ४.५ किलो सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा महतोलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्