Logo

नेकपाको सचिवालय बैठक भोलिसम्म स्थगित्, सभामुख चयन गर्न सकस



काठमाडौं, १७ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान ८ः३० बजे बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बुझिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि सो विषयमा आज छलफल हुन नसकेको जनाइएको छ । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्