Logo

राष्ट्रियसभामा कांग्रेस-समाजवादी तालमेल



काठमाडौं १८ पुस । सरकारबाट बाहिरिएको समाजवादी पार्टी प्रमुख प्रतिपक्षी कांग्रेससँग नजिकिएको छ । राष्ट्रियसभाको चुनावमा कांग्रेस र समाजवादीबीच गठबन्धन हुने भएको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेगरि दुवै दल सहमत भएका छन् ।

कांग्रेसभित्रको विवाद समाधान भएलगत्तै सहमतिलाई औप्चारीक गर्ने एक नेताले बताए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा वाहेक सबै दलसँग तालमेल हुन सक्ने बताए ।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा पनि विपक्षमा रहेका दलहरु एकजुट हुनु आवश्यक छ। त्यसका लागि कांग्रेसले सबै विकल्प खुला गरेको हो।’उम्मेदवार छनौट गर्ने जिम्मा पदाधिकारीलाई दिएपनि पदाधिकरी एक ठाउँमा बस्न सकेका छैनन । नेकपा र राजपाले सहकार्य गर्ने निर्णय गरिसकेका छन् ।

प्रदेश २ मा रिक्त हुने राष्ट्रियसभाका ४ सिट उनीहरुकै पोल्टामा पर्ने देखिन्छ। दुई दलबीच २-२ सिट भाग लगाइएको छ।



प्रतिक्रिया दिनुहोस्