Logo

सर्वोच्चको नजीरले महरा सकसमा



काठमाडौं,पुस १८ । सर्वोच्च अदालतले हालै दिएको एक फैसलाका कारण पूर्व सभामुख कृष्णबहादुर महरा जोडिएको यौन प्रकरण फेरी चर्चामा आएको छ ।

नेपाली सेनाका सहसेनानी भूपेन्द्र खड्का र नेपाली सेनाकी कुचिकार छविसरा सुनुवारबीच भएको शारीरिक सम्बन्धलाई करणीकै रुपमा लिनुपर्ने भन्दै सर्वोच्चका न्यायधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको सयुक्त इजलासले सैनिक विशेष अदालतले गरेको फैसलालाई सदर गरेपछि महरा प्रकरण पुनः चर्चामा आएको हो ।

सर्वोच्चले सोमबार चेन अफ कमाण्डको पदक्रममा रहेका व्यक्तिहरुबिच हुने यौन सम्बन्ध सहमतिमा भएपनि मान्यता दिन नसकिने नजिर स्थापना गरेको छ । फैसलाले अपमान पदिय हैसियतमा रहेका व्यक्तिहरुबिच हुने यौन सम्बन्ध सहमतिमै भएपनि पदीय प्रभाव पारेर गरेको हुन सक्ने भन्दै त्यस्तो अवस्थाको शारीरिक सम्बन्धलाई यौन शोषणको रुपमा लिनुपर्ने व्याख्या गरेको छ ।

सर्वोच्चले यो नयाँ व्याख्या सेनामा कार्यरत कर्मचारीको लागि मात्र नभएर अन्य संस्थामा समेत आर्क्षित हुने जिकीर कानुनविद्हरुले गरेका छन् । सर्वोच्चद्वारा स्थापित नजीर चेन अफ कमाण्डमा चल्ने संस्थामा मात्रै नभएर अन्य संगठित संस्थामा समेत लागू हुने उनीहरुको तर्क रहेको छ ।

उनीहरुको तर्कलाई आधार मान्ने हो भने यो नजीर अव महरा प्रकरणमा समेत आकर्षित हुने भएको छ ।-विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्