Logo

उता सेनामा चलखेल हुँदा यता पिरलो



काठमाडौं, पुस १८ । भारत सरकारले जल,थल र वायु गरी तीन वटै सेनाको एकीकृत कमाण्ड गठन गरेपछि नेपाली सेनासंग भारतीय सेनाको सम्बन्ध कस्तो रहला भन्ने चर्चा रक्षा क्षेत्रमा चलको छ । भारतले तीन वटै सेनाको नेतृत्व गर्न चीफ अफ डिसेन्ट स्टाफ नियुक्त समेत गरेको छ ।

थल सेनाको निवर्तमान सेना प्रमुख विपिन रावतलाई सीडिएस नियुक्त गरिएको हो । उनलाई पाँच तारे जर्नेल भनिएको छ भने उनको सैनिक लोगोलाई अहिलेसम्मका सेना प्रमुखको भन्दा फरक बनाइएको छ । लोगोमा पाँच तारा नरहेपनि विशेष खालको भिन्न लोगोसहितको टोपी बेल्ट र फूलीहरु उनले प्रयोग गरेका छन् । नेपाली सेना र भारतीय सेना एकअर्काका अभिन्न अंगको रुपमा लिने गरिन्छ ।

नेपाली सेनाका प्रधान सेनापतिले भारतीय राष्ट्रपतिबाट एक अर्का देशको सेनाको प्रमुखको समेत अज्र्जानी चिन्ह लिने चलन रहँदै आएको छ । अव यो सम्बन्ध के हुन्छ भन्ने चर्चा रक्षा क्षेत्रमा चलको छ । अव कुन चाँहि भारतीय सेनाको प्रमुखलले नेपलीसेनाको पनि प्रमुखको रुपमा जज्र्यानी चिन्ह लिन्छन भन्ने जिज्ञासा उढेको छ । चिफ अफ डिफेन्स स्टाफको हैसियत एक तह माथि लगिएकाले नेपाली सेनाको प्रमुखको चिन्ह लिन नआउने पक्का भएको छ ।

कसै कसैले भारतीय सेनाका थल सेनाध्यक्षले ने नेपाली सेनाको प्रमुखको रुपमा दज्यानी चिन्ह लिने यस अधिको परम्परालाई निरन्तरता दिनसक्ने बताएका छन् । त्यसो हो भने पनि नेपाली सेनालाई पनि कमाण्ड गर्ने भारतका सीडिएस नै हुन्छन त? भन्ने प्रश्नपनि उठेको छ ।नेपालीपत्र साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्