Logo

नेकपाले छान्यो राष्ट्रियसभाका उम्मेदवार, नारायणकाजी र वेदुराम भूषाल पनि उम्मेदवार



काठमाडौं १८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेता वेदुराम भूषाललाई पनि उम्मेदवार बनाएको छ । श्रेष्ठ र भूषालको मन्त्रीको सम्भावनालाई पार्टीभित्र बहस भइरहेको छ ।

राष्ट्रिय सभामा सत्तारूढ नेकपाका उम्मेदवारहरु

प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछाम दलित
देवेन्द्र दाहाल अन्य

प्रदेश २ मा
तुलसा दाहाल महिला
राधेश्याम पासवान दलित

प्रदेश ३ मा
गंगा वेल्वासे महिला
वेदुराम भुषाल अन्य

गण्डकीवाट
नारायणकाजी श्रेष्ठ अन्य
भगवती न्यौपाने महिला

प्रदेश ५
विमला घिमिरे महिला
जगप्रसाद शर्मा अपांगता अल्पसंख्यक
गोपाल भटटराई अन्य

कर्णालीमा
मायाप्रसाद शर्मा अन्य
सुमित्रा विसि महिला

सुदुरपश्चिममा
तारामान स्वार अन्य
शारदा भटट महिला



प्रतिक्रिया दिनुहोस्