Logo

किन झापा पुगेर मौन बसे पूर्व राजा ज्ञानेन्द्र शाह



काठमाडौं, १८ पौष । बिघटित राजसंस्थाका मुल प्रतिनिधि पात्र ज्ञानेन्द्र शाह यतिबेला पुर्वी जिल्ला झापाको दमकमा छन् । गत पुस २ गते भद्रपुर विमानस्थल हुँदै दमक पुगेका शाहको यसपटकको भ्रमण्म विगतका तुलनामा शालीन र शान्त देखिएको छ ।

शाहका यसअघि हुने उस्ता जिल्ला भ्रमणमा लगाइदै आएको ‘राजा आऊ देश बचाउ’ जस्ता राजनीतिक दललक्षित नारा यसपटक घन्किएनन् । दरबारलाई नजिकबाट जान्नेहरु बताउन थालेका छन् । शाहले यतिबेला आफ्ना गतिविधिमा पत्यारै नलाग्ने किसिमले परिवर्तन गरेका छन् । उनको आग्रह अनुसार समर्थकले ‘राजा आऊ, देश बचाऊ’ जस्ता दलका गतिविधिलाई लक्षित गर्ने शैलीका नारा लगाएनन् ।

शाहनिकट एक श्रोतले बतायौ –यस्ता नाराले आफू र दलबीचको दुरी बढाउनमात्र बल दिने र आफ्ना योजना असफल हुने हुनाले यस्ता नारा नलगाउन स्वयं शाहले नै आफ्ना सर्मथकलार्य आग्रह गरेको कारण यसपटक झापामा त्यो नारा नगुन्जिएको हो ।

पूर्व राजा शाह पुगेको झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला हो । यसकारण पनि शाहको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । विमर्श साप्ताहिकबाटFile Photo



प्रतिक्रिया दिनुहोस्