Logo

बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ



रौतहट, १८ पौष । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा वृद्ध पक्राउ परेका छन् । गुजरा नगरपालिका हरिहरपुर बस्ने ६० वर्षीय महेन्द्र साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

साहले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिनगराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्