Logo

हनीमुन मनाउदै गर्दा जेल पुगे यी जोडी



विवाहपछिको हनीमुन समय हरेक जोडीका लागि विशेष हुने गर्छ । नयाँ जिन्दगीको शुरुवातको लागि धेरै सपना सजाइएको हुन्छ । तर हनिमुन गएको स्थानमा एक जोडीलाई प्रहरीले स्टेशन पर्र्याएको छ ।

भारतको नीरज ठाकुर आफ्नी नव पत्नीको साथ हनिमुन निस्केका थिए । उनीहरुले गरेको एउटा गल्तीले उनीहरुलाई जेल पुर्याएको छ ।

वास्तवमा यी दम्पतिले रेल चढ्न रेलवे स्टेशन जाँदै थिए । उनीहरुले रेल चढ्नका लागि अरु मानिसको झोला उचालेका थिए । यसरी गल्तीले अर्काको झोला उठाएकाले यी दम्पतिलाई प्रहरीले गिरफ्तार गरी प्रहरी थानामा लगेको थियो ।

उनले प्रहरी समक्ष गल्ती स्विकारेका थिए । उनीहरुको गल्ती सिसिटीभीबाट देखिएको प्रहरीले बताएको छ । यी दम्पतिलाई गिरफ्तार गरी उनीहरुको सबै सामान बरामद गरी जेल चलान गरियो ।



प्रतिक्रिया दिनुहोस्