काठमाडौं, १९ पुस । पन्ध्र लाख रुपैयाँ शेयर पूँजीबाट स्थानीय महिलाले शुरु गरेको घट्टेकुलोस्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको नौ वर्षमा रु २५ लाख ३८ हजारको शेयर पूँजी बनाएको छ ।
सो सहकारीले पछिल्ला वर्षमा घाटा न्यूनीकरण गर्दै सुधारको दिशामा आफूलाई रुपान्तरण गर्न प्रयासरत रहेको संस्थाका अध्यक्ष अम्बिका सुवेदीले बताए । संस्थाको २०७६ असार मसान्तसम्मको वार्षिक बासलात प्रतिवेदनमा शेयर पूँजी बढेर रु २५ लाख पुगेको जनाइएको छ । संस्थाका कोषाध्यक्ष निरा शर्मा रेग्मीका अनुसार सो अवधिमा साधारण बचत रु ८९ लाख ९३ हजार ३०२, जगेडा तथा अन्य कोषमा रु १७ लाख ९५ हजार ८७, ऋण लगानी रु ८७ लाख १६ हजार ६२७ र अन्य शीर्षकमा गरी रु ११ करोड ८८ लाख चार हजार ८७ कारोवार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कूल रु सात करोड ८६ लाख एक हजार ५२४ को कारोवार भएको थियो ।




प्रतिक्रिया