Logo

अमेरिकालाई खतरा पुर्याउने ‘जोसुकैलाई जहाँपनि तारो बनाउने’ ट्रम्पको चेतावनी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय खतरनाक आक्रमणको निर्देशन दिएका छन् । उनले आइएस नेता बगदादीलाई मारिदिन निर्देशन दिएको केही महिना नबित्दै इरानका सैन्य कमाण्डर कासिम सुलेमानीलाई तारो बनाए ।

ट्रम्पको निर्देशनमा सुलेमानी मारिए । इरानका दोस्रो शक्तिशाली सैन्य कमाण्डर इराकको बगदाद एयरपोर्टमा मारिएपछि ट्रम्पले खुशी व्यक्त गरे । अमेरिकाका लागि खतरा बन्ने जोसुकैलाई जहाँ पनि तारो बनाउनसक्ने चेतावनी समेत दिए । अमेरिकाले आफूमाथि खतरा बनेका लक्ष्यहरु सबै पत्ता लगाइसकेको र खतरा बनाइएकामाथि जवाफ दिने सार्वजनिक धारणा समेत बाहिर ल्याए ।

कडा बन्दै गएका ट्रम्पले अमेरिकी जासुस र सैन्य क्षमता सँसारकै उत्कृष्ट रहेको भन्दै कुनै किसिमका एक्सनमा जान आफू सधै तयार रहेको समेत उल्लेख गरेका छन् । यसअघि बगदादी अमेरिकी कारबाहीमा मारिदा ट्रम्पले खुशी व्यक्त गर्दै कुकुर जसरी भाग्दै रोइकराई गरेर ज्यान लिन वाध्य भएको प्रतिक्रिया दिएका थिए । ट्रम्पले यसपटक सुलेमानी मारिएपछि अमेरिका आफूलाई खतरा पार्ने जोसुकैलाई जहाँ पनि सिध्याउन सक्ने सन्देश दिएका छन् ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्