Logo

पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य



काठमाडौँ, २० पुस । पर्यटकको शान्तिसुरक्षा, सुविधा तथा सहजीकरणका लागि नेपाल सुरक्षित तथा उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको छ । पाहुनाको सम्मान, सुरक्षा र सत्कार नेपालीको मौलिक संस्कार भएकाले उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापाक्षेत्रीका अनुसार साँझपख बास बस्न आएका पाहुनालाई भगवान् मान्ने, विदेशी नागरिकप्रति सम्मान गर्ने मौलिक संस्कारका कारण नेपाल पर्यटकका लागि आकर्षक मात्र नभई सुरक्षित गन्तव्य बन्न पुगेको हो । नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भसँगै भ्रमणमा आउने पर्यटकको शान्तिसुरक्षा, सुरक्षा सुविधा तथा सहजीकरणका लागि पर्यटक प्रहरीको जनशक्ति बढाइएको छ ।

प्रहरी उपरीक्षक एसपीको नेतृत्व कमान्डमा ५१ जना पर्यटक प्रहरीको दरबन्दी थप गरिएको हो । यसअघि प्रहरी निरीक्षकको कमान्डमा घुम्ती पर्यटक प्रहरी सेवा सञ्चालन हँुदै आएको थियो । पर्यटक प्रहरीको जनशक्ति बढेसँंगै १६ स्थानमा पर्यटक प्रहरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना रहेको छ । त्यस्तै एक सय स्थानलाई ‘पर्यटकीय गन्तव्यस्थल’का रूपमा राखिएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्