काठमाडौं, २० पौष । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) माथि सम्पत्ति शुद्धिकरण अनुसन्धानको आँखा परेको छ । दुईवटा वाणिज्य बैंकका सीइओले अकुत सम्पत्ति कमाएको भन्दै विभागले छानविन प्रक्रिया अघि बढाएको हो ।
विभागमा ११ वटा बैंकका सीइओविरुद्ध उजुरी परेको थियो । उजुरीका आधारमा विभागले अनुसन्धान थालेको थियो । दुईवटा सीइओले अस्वभाविकरुपमा सम्पत्ति कमाई कालो धनलाई सेतो बनाएको प्रारम्भिक अनुसन्धानमा देखिन आएको छ’ विभाग स्रोतले भन्यो, ‘बैंकिङ क्षेत्रको नियामक राष्ट्र बैंक भएकाले हामीले राष्ट्र बैंकलाई ती सीइओलाई कारबाही गर्न सिफारिस गर्दै पत्राचार गरिसकेका छौं ।’
हाल ३ वटा सरकारी लगानीका र २४ वटा निजी तथा विदेशी संयुक्त लगानीका गरी २७ वटा वाणिज्य सञ्चलनमा छन् । डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिनका लागि सरकारले पत्र काटिसकेको छ । बैंकका सीइओहरुले अकूत सम्पत्ति कमाई विभिन्न माध्यमबाट निर्मलीकरण गरिरहेको भन्दै उजुरी परेपछि विभागले सीइओहरुमाथि निगरानी राखेको हो । विभागले सबै बैंकलाई पत्राचार गर्दै सीइओको तलबभत्ता र सेवा सुविधाको सम्पूर्ण विवरण मागिसकेको छ ।
बैंकहरुले पनि सीइओको तलबभत्ता र सेवा सुविधाको विवरण विभागसमक्ष पठाइसकेका छन्,’ विभाग स्रोतले भन्यो, ‘उजुरी परेका सीइओहरुको तलबभत्ता तथा सेवा सुविधा र सम्पत्ति विवरण हेर्दा २ जनाको सम्पत्ति अस्वाभाविक लागेपछि हामीले थप अनुसन्धान गरेका हौं ।’
राष्ट्र बैंकका उच्च अधिकारीहरुबाटै सीइओहरुले संरक्षण पाएको विभागका अधिकारीहरु दाबी छ । ‘केही सीइओहरुले पदको दुरुपयोग गरी हदैसम्मको बदमासी गरेको पाइएको छ, तर नियामक राष्ट्र बैंक भने चुपचाप बसिरहेको छ,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकका ठूलाबडाबाट संरक्षण नपाइकन बैंकको सीइओ एक्लैले त्यो हदसम्मको बदमासी गर्न सक्दैन ।’
ललिता निवासको ४ आना जग्गा धितोमा बैंकले ८६ करोड ऋण दिएको भेटिएको स्सम्पत्ति शुद्धिकरणको दावी छ । राष्ट्र बैंकका डुपुटी गभर्नर शिबराज श्रेष्ठले सम्पत्ति शुद्धिकरण निवारणका लागि नेपालले गरेको प्रयासको अबमूल्यन गरेको, बैंक तथा वित्तीय संस्थाहरुको नियमन तथा सुपरिभिजनमा बदनियत रुपले अनुचित लाभ लिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिसमा सरकारले श्रेष्ठमाथि छानविन गरी प्रष्टिकरण सोधिसकेको छ ।
‘बैंकका सीइओहरुका बारेमा फाट्टफुट्ट उजुरीहरु परिरहन्थे हामीले खासै ध्यान दिएका थिएनौं । तर जब ललिता निवासको जग्गा काण्ड बाहिर आयो । र, हामीले पनि अनुसन्धान अघि बढायौं । अनुसन्धानका क्रममा बैंकहरुले अस्वाभाविकरुपमा कर्जा दिएको देखियो । अनि हामीले सीइओहरुमाथि पनि निगरानी बढाएका हौं ।’ ’ विभाग स्रोतले भन्यो । १८ करोड ऋण दुरुपयोग प्रकरणः अमृतचरण श्रेष्ठलाई अब कारबाही हुन्छ कि हुँदैन ? यस्तो छ तयारी ललिता निवासको ४ आना जग्गा धितोमा एउटा वाणिज्य बैंकले एक व्यवसायीलाई २६ करोड र अर्का एक व्यक्तिलाई ४ आना धितोमै ८६ करोड रुपैयाँसम्म ऋण दिएको भेटिएको विभागका अधिकारीहरु दाबी गर्छन् ।




प्रतिक्रिया