Logo

हराएकी पूर्णिमाको शव जंगलमा पुरिएको भेटियो



सर्लाही, २१ पौष । तीन दिन अघि हराएकी सर्लाहीकी पूर्णिमा मोक्तानको शव जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ । सोमबार उनको शव जंगलमा भेटिएको हो ।

पूर्णिमाको खोजी गर्ने क्रममा प्रहरीले शव फेला पारेपछि अनुसन्धान अगाडि बढाएको छ । हत्याको प्रकृति हेरी अनुसन्धानपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटना अभियुक्तको खोजी भइरहेको जनाएको छ । हत्याका अभियुक्तबारे अहिले केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

बागमती नगरपालिका ५ टेकानीकी २५ वर्षीया पूर्णिमा शनिबार देखि हराएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्