Logo

लागूऔषध सहित पाँच जना पक्राउ



काठमाडौं, २२ पौष । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । भक्तपुर, सूर्य्बिनायक नगरपालिका २ बालकोटबाट गाँजा करिब एक केजी सहित कौशलटार बस्ने दोलखा भिमेश्वर नगरपालिकाका ६५ वर्षीय सत्यमान तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाइएको छ । यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिकाबाट ब्राउनसुगर१३ ग्राम सहित कैलाली धनगढी उपमहानगरपालिकाको गुनाल सुनुवारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरी र प्रदेश अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपलिका(२३ स्थित सडकबाट लागूऔषध नुर्फिन ६३ एम्पुल, डाइजेपाम ६५ एम्पुल, फेनारगन ६५ एम्पुल र नाइट्राभेट ट्याब्लेट ५० पत्ता सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा सैलुङ गाउँपालिका(२ बस्ने टाँसी भन्ने २१ वर्षीय पासाङ तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका५ बस्ने २१ वर्षीय समिर श्रेष्ठ र लिसङखु गाउँपालिका घर भएका ३० वर्षीय सोनाम तामाङ रहेका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्