Logo

कुवाँको पानी अचानक तात्दा…



भारतको एक गाउँमा पानीले चमत्कार गरेको छ । यहाँकोृ कुवाको पानी अचानक उम्लिएको हो । स्थानिय मोहनले पानी भर्दै गर्दा पानी एक्कासी उम्लिएको देखेर छक्क परेका थिए । अहिले उक्त कुवाँको पानी छुन नै नसकिने तातो छ । मोहन मन्दिर पछाडिको घरमा बस्छन् र मन्दिरको काम गर्छन् ।

उनी सधै उक्त कुवाँमा पानी लिन जाने भएपनि त्यसदिन भने पानी निकै तातिएको थियो । यो खबर फैलन साथ सबै मानिस पुगेका थिए । उक्त कुवाँको पानीलाई परिक्षणको लागी पठाइएको बताइएको छ । विशेषज्ञहरुले भौगौलिक र रासायनिक कारणले पानीको तापक्रम धेरै बढेको बताएका छन् । आसपासका कुवाँ वा जलश्रोतको पानी सामान्य नै रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्