Logo

१८० यात्रु बोकेको विमान दुर्घटना



तेहरान, पुस २३ ।इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।

उक्त विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा रहेको बताइएको छ।सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका तनावसँग रहे नरहेको स्पष्ट छैन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्