Logo

राजपालाई रोक्न प्रचण्ड-सक्रियता



तराइ केन्द्रित राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच निकटता बढेसँगै प्रचण्ड र उपेन्द्र यादवको छटपटि दु्रत गतिमा बढेको पाइएको छ । सरकारबाट उपेन्द्र यादवको अप्रत्याशित बहिर्गमनबाट चिन्तित प्रचण्ड राजपासँग प्रधानमन्त्री ओलीको गठबन्धन बनेपछि झनै तड्पिएका छन् । राष्ट्रियसभा निर्वाचनमा दुई पक्षबीच भएको तालमेल त्यसभन्दा अघि बढ्न नदिन प्रचण्ड, शेरबहादुर देउवा, उपेन्द्र यादव र कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू सक्रिय भएका छन् । त्यसनिम्ति राजापाका नेताहरूबीच फाटो ल्याउने, उनीहरूबीच परस्पर अविश्वासको स्थिति पैदा गर्ने, केपी ओलीसँग सहकार्य नगर्नका निम्ति दबाब दिने जस्ता कार्य यतिबेला विभिन्न कुनाबाट भइरहेका छन् ।

केपी सरकारमा राजपा सहभागी नबनोस् र दुई नम्बर प्रदेशको सरकार नबदलियोस् भन्नका लागि देउवा, प्रचण्ड र उपेन्द्रले अनेक चाल चलिरहेका छन् । दुई नम्बर प्रदेशमा हाल उपेन्द्र यादवको दलले सरकारको नेतृत्व गरिरहेको छ, तर अब नेकपासँगको सहकार्यमा राजपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने सम्भावना बढेको छ ।

केपीलाई ‘तह लगाउने’ अन्य विकल्पहरू कामयावी नभएमा प्रचण्ड, देउवा, उपेन्द्र र राजपासहितको गठबन्धनबाट नयाँ परिस्थिति निर्माण गर्ने योजना प्रचण्डको हो । तर राजपा–केपी सहकार्यले निरन्तरता पाएमा प्रचण्डहरूको यस्तो योजनाले पनि आकार लिन नसक्ने निश्चित छ । त्यसैले राजपा र प्रधानमन्त्री ओलीबीचको गठबन्धन तोड्न प्रचण्ड–योजनामा विभिन्न हथकण्डाहरू अपनाइएका छन् । राजपाका नेताहरूमध्ये हालका अध्यक्ष राजेन्द्र महतोलाई ‘न्युट्रलाइज्ड’ गर्ने तथा महन्थ ठाकुर र महेन्द्र यादवलाई ‘लाइनमा ल्याउने’ कार्य भएमा राजपा अशक्त हुने र केपीसँगको सहकार्यको अवस्था नरहने बुझाई प्रचण्डहरूको छ । आफ्नो यस्तो योजनामा ‘प्रचण्डहरू’ सफल भएमा राजपा र केपी ओलीबीचको सहकार्य तोडिने मात्र नभई राजपाको अस्तित्व नै सङ्कटमा पर्ने निश्चितप्रायः छ ।

राजपा–केपी सहकार्यले निरन्तरता पाएमा प्रचण्डहरूको यस्तो योजनाले पनि आकार लिन नसक्ने निश्चित छ । त्यसैले राजपा र प्रधानमन्त्री ओलीबीचको गठबन्धन तोड्न प्रचण्ड–योजनामा विभिन्न हथकण्डाहरू अपनाइएका छन् । राजपाका नेताहरूमध्ये हालका अध्यक्ष राजेन्द्र महतोलाई ‘न्युट्रलाइज्ड’ गर्ने तथा महन्थ ठाकुर र महेन्द्र यादवलाई ‘लाइनमा ल्याउने’ कार्य भएमा राजपा अशक्त हुने र केपीसँगको सहकार्यको अवस्था नरहने बुझाई प्रचण्डहरूको छ । आफ्नो यस्तो योजनामा ‘प्रचण्डहरू’ सफल भएमा राजपा र केपी ओलीबीचको सहकार्य तोडिने मात्र नभई राजपाको अस्तित्व नै सङ्कटमा पर्ने निश्चितप्रायः छ ।-घटना र विचार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्