Logo

गुप्तबासपछि प्रचण्ड कठोर, नेम्वाङलाई कुनैपनि हालतमा सभामुख नबनाउने



काठमाडौं, २३ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुप्तबासबाट फर्किएपछि कठोर बनेका छन् । पार्टीभित्र सभामुख कसलाई बनाउने भन्नेबारे सकस चलिरहेको बेला अध्यक्ष दाहाल एक दिन काठमाडौं उपत्यकाबाहिर गएका थिए । उनी एक दिन सिन्धुपाल्चोकमा रहेको रिसोर्टमा बसेर फर्किएका थिए ।

पूर्व माओवादी केन्द्रका नेताहरुले अध्यक्ष दाहाललाई कुनैपनि हालतमा सभामुख पूर्व एमालेलाई नछोड्न दबाब दिएका छन् । अध्यक्ष दाहालपनि अहिले सभामुख पूर्व माओवादी केन्द्रबाट राख्नुपर्ने भन्दापनि सुवासचन्द्र नेम्वाङदलाई चाहीँ कुनैपनि हालतमा नबनाउने निश्कर्षमा पुगेको स्रोतको दाबी छ ।

संवैधानिक निकायका मुख्य पदहरुमा पूर्व एमालेमात्रै हाबी हुने भएपछि प्रचण्ड सभामुख पूर्व एमालेलाई बनाउन नहुने निश्कर्षमा पुगेका हुन् । प्रधानमन्त्री, राष्ट्रपति, राष्ट्रियसभाका अध्यक्षलगायत महत्वपूर्ण पदमा पूर्व एमाले रहेका छन् । स्रोतकाअनुसार अध्यक्ष दाहाल वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन राजी हुने देखिएका छन् ।

सभामुख कसलाई बनाउने भन्नेबारे नेकपाभित्र अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच सहमति भएको छैन् । तर, कसलाई बनाउने भन्नेबारे उनीहरुबीच पटक पटक छलफल भएको छ । सभामुखमा कुनैपनि हालतमा नेम्वाङलाई नै बनाउने ओलीको अडानपछि अध्यक्षद्धयबीच सहमति हुन नसकेको हो । उता, दाहाल भने ओलीले सिफारिश गरेको व्यक्तिमा कुनैपनि हालतमा सहमत भएका छैनन् । पूर्व माओवादी केन्द्रबाट अग्नि प्रसाद सापकोटा, देव प्रसाद गुरुङ र पम्फा भुषालको नाम सभामुखको लागि चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्