Logo

१४ वर्षीयालाई करणी गरेको अभियोगमा पक्राउ



सिरहा, २३ पुस । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका २३ वर्षीय राकेश यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्