Logo

दुर्गा प्रसाईंसँग ‘डा. श्रीकृष्ण गिरीले घुस माग्दा’ गिरिराजमणि पोखरेल र नारायणकाजी श्रेष्ठको नाम जोडेपछि…



काठमाडौं, २३ पौष । बी एन्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरेर बी एन्ड सीलाई सम्बन्धन दिन घुस मागेको आरोप लगाएका हुन् ।

झापास्थित बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि कानुनसम्मत तरिकाले निवेदन दिएको तर गिरीले त्यसका लागि २० करोड घुस मागेको उनको आरोप थियो । प्रसाईंले भने, ‘मैंले डा.श्रीकृष्ण गिरीलाई होटल द्धारिकाजमा भेटेको हुँ । उनले सिधै २० करोड घुस मागे ।’ आफू शिक्षामन्त्री गिरिराजमणि पोखरेलको मान्छे भएको र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि विशेष सम्बन्ध रहेको भन्दै डा. गिरीले घुस मागेको उनको आरोप थियो ।

मेडिकल क्षेत्रमा चर्चामा रहेका प्रसाईं बेला बेलामा यस्तै अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । प्रसाईको आरोपलगत्तै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले घुस मागेको प्रमाणित गर्न चुनौती दिए । उनले आफूलाई बदनाम गर्न खोजिएको बताए ।- File Photo



प्रतिक्रिया दिनुहोस्