Logo

जिल्ला सभापतिहरुलाई फकाउन एक लाख खर्च गर्दै देउवा, पौडेल र सिटौला मख्ख



काठमाडौं २४ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा दवावमा परेका छन्। पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला सकिएको छ । निस्कर्ष सभापति देउवालाई बझाइदैछ । भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारी छ। देउवाले सभापतिहरुलाई लन्च बैठकमा बोलाएका छन्।

एक जना बराबर करिब ६ सयका दरले करिब १ लाख खर्च गर्ने देउवाको तयारी छ । एक जना बराबर करिब ६ सयका दरले करिब १ लाख खर्च गर्ने देउवाको तयारी छ । सभापतिहरुको भेलाबाट आएको निस्कर्षबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सहितका नेता उत्साहित छन्।

दवावमा परेपछि सभापति देउवा नयाँ बाटो खोज्न थालेका छन्। सर्प पनि मर्ने र लठठी पनि नभाच्निे उपाय खोजि भइरहेको एक नेताले बताए ।

केन्द्रीय समति बैठक चालाउने र निर्णयलाई सच्याउने गरिपहल भइरहेको छ । पुस ११ गते संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट महाधिवेशन तिथि सार्वजनिक, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्‍ने, विभाग संख्या २८ बाट ४७ पुर्‍याउने, तरुण दलको म्याद ६ महिना थप्ने लगायतका निर्णय गरेपछि असन्तुष्ट पक्षले त्यसविरुद्ध अभियान थालेको थियो।

भेलामा देउवा पक्षका भनिएका जिल्ला सभापतिसमेत सहभागी भएपछि देउवा हच्केका छन्।



प्रतिक्रिया दिनुहोस्